एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा युवतीमाथि यौनजन्य दुर्व्यवहारको आरोप लागेका नेपालीले मुद्दा खेपिरहेका छन् । उनी शुक्रबार अदालतमा पुनः उपस्थित भएका छन् ।
गत चैत ५ गते १८ वर्षे एक युवती जागिरका लागि अन्तर्वार्ता दिन अलावाह रेलवे स्टेशनबाट अलावाह तर्फ यात्रा गर्दै थिइन् ।
एनएस डब्ल्यू डट जिओभी डट एयूका अनुसार त्यति नै बेला उनले ती नेपाली युवकलाई भेटिन् र उनले नजिकैको बसमार्फत् यात्रा गर्न सुझाउँदै गर्दा उनीमाथि यौनजन्य दुर्व्यवहार गरेका थिए ।
स्रोतका अनुसार उनी केही गरी त्यहाँबाट अलवाह रेलवे स्टेशनतर्फ भाग्न सफल भइन् र पुलिसलाई यसबारे जानकारी दिइन् ।
पुलिस ट्रान्सपोर्ट एण्ड सेफ्टी कमान्डका अधिकारीले तत्काल अनुसन्धान सुरु गरे ।
त्यसपछि पुलिसले २५ वर्षका ती आरोपीलाई वैशाख १२ गते शुक्रबार स्थानीय समयानुसार साढे २ बजे हर्स्टभिलबाट पक्राउ गर्यो ।
उनलाई कोगारा पुलिस स्टेशन पुर्याइयो र यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा दर्ता गरियो ।
पुलिसका अनुसार ती व्यक्तिले सोसल मिडियामा नक्कली अकाउन्ट बनाएर महिलालाई जागिरको प्रलोभन देखाएर भेट्ने गर्दथे ।
उनलाई पारामाटा लोकल कोर्टमा वैशाख १३ गते पहिलोपटक उपस्थित गराइएको थियो । उनलाई जमानतमा रिहा हुन अनुमती दिइएको छैन । दोस्रो पटक उनी आज अर्थात् शुक्रबार अदालतमा उपस्थित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ बैशाख २०७७, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अष्ट्रेलियामा पारित भयो १६ वर्षमुनि सामाजिक सञ्जाल चलाउन नपाइने विधेयक
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
भारतविरुद्धको टेस्ट सिरिजका लागि अस्ट्रेलियन टिमको घोषणा
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता
अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च