नेपालमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या २७ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०७७, १२ : ४२
नेपालमा थप  ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या २७ पुग्यो

विराटनगर । नेपालमा थप ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । 

कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि आज शुक्रबार दिउँसो उनीहरु डिस्चार्ज भएका हुन् । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरे ।

यो सँगै नेपालभर कोरोना संक्रमण पछि निको हुनेको संख्या ३० पुगेको छ । ३० मध्ये तीनजनाको रिपोर्ट पुनः पोजेटिभ आएका कारण अस्पताल भर्ना भएका छन् । त्यसैले निको हुने कोरोना संक्रमितको संख्या २७ भएको छ । ७४ जनाले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । हालसम्म नेपालमा १०१ जना कोरोनाबाट संक्रमित भएका छन् ।

विराटनगरको कोरोना अस्पतालमा एक समय ३१ जना कोरोना संक्रमित भर्ना भएका थिए । अब १७ जना उपचाररत छन् ।