धनगढी । लकडाउनका कारण कैलालीको भन्सार नाकाहरुमा राजस्व संकलनमा भारी गिरावट आएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी गरेपछि कैलालीको भन्सार नाकामा राजस्व संकलन पहिलेको तुलनामा आधा घटेको छ ।
उच्च सतर्कता अपनाएर आयातलाई निरन्तरता गरिएको छ, तथापि राजस्व संकलन अति न्यूनमात्रामा रहेको छ । कैलालीको त्रिनगर भन्सार नाकाले अघिपछिको तुलनामा भन्दा लकडाउनमा आधा मात्रामा सामाग्रीहरु आयात भइरहेको छ । आयात घटेपछि भन्सार कार्यालयहरुले लक्ष्य भन्दा आधा पनि राजस्व संकलन गर्न सकेका छैनन् ।
लकडाउनमा धनगढीस्थित कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांक अनुसार चैतमा २५ करोड ५७ लाख ३२ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका लेखा फाँटमा रहेका भीम भट्टका अनुसार चैत महिनामा भन्सार विभागबाट ५० करोड ५९ लाख ६९ लाख रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य थियो, तर आधामात्र संकलन भयो । उनका अनुसार लकडाउनका कारण ५० प्रतिशत राजस्व असुल भएको देखियो ।
उनका अनुसार वैशाख महिनाका लागि ५३ करोड ७५ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ । कैलाली भन्सार कार्यालयले लकडाउनका कारण राजस्व संकलनमा भारी गिरावट आइरहेको छ । लकडाउन अवधीमा चामल, गहुँ, मकै, सोयावीन, आलु, प्याज, कोइलालगायतका अत्यावश्यक वस्तुका मालबाहक सवारी साधन त्रिनगर नाकाबाट भित्रिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व
बारा-पर्सामा राजस्व चुहावटका घटना बढे
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
राजस्व कार्यालयबाट बक्यौता असुलीमा कडाइ
चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व सङ्कलन
पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन