बेलायत । बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट मृत्यु हुनेको संख्या २८ हजार १ सय ३१ पुगेको छ । गएको २४ घन्टाभित्र ६ सय २१ जनाको कोरोना भाइरसका कारण निधन भएको ‘द गार्जियन’ले उल्लेख गरेको छ । तेस्तै गएको २४ घन्टामा ४ हजार ८ सय ६ जनामा थप कोरोना संक्रमण देखिएको छ ।
हालसम्म बेलायतमा ११ लाख २९ हजार ९ सय ७ जनामा कोरोना परिक्षण गरिसकिएको छ । सरकारले गरेको घोषणा अनुरुप हिजोमात्र बेलायतमा १ लाख ५ हजार ९ सय ३७ जानामा कोरोनाको परिक्षण गरिएको थियो बेलायतमा १ लाख ८२ हजार २ सय ६० जनामा कोरोना पोजिटिभ देखिएको छ ।
अहिलेसम्म अस्पतालमा कोरोनाबाट संक्रमित १४ हजार ६ सय ९५ जना अस्पतालमा उपचारार्थ रहेका छन् । कोरोनाको संक्रमणबाट बेलायतमा मात्र तीन दर्जनभन्दा बढी गैर आवासीय नेपालीहरुको मृत्यु भएको अनुमान गरिएको छ । जसमध्य आधाजस्तो पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।
कोरोनाको संक्रमणबाट विश्वभरीमा हालसम्म २ लाख ४० हाजार भन्दा बढी मानिसहरुको मृत्यु भैसकेको छ । सबैभन्दा बढी मृत्यु हुने मुलुकमा रहेको छ भने इटाली दोस्रो स्थानमा रहेको छ । अहिलेसम्म तेस्रो स्थानमा रहेको बेलायतको मृतक संख्या इअतालिको हाराहारीमा रहेको छ ।
यसरि हेर्दा विश्वभरिमा कोरोनाको संक्रमणबाट मृत्यु हुने मुलुकमा बेलायत दोस्रो स्थानमा र युरोपमा पहिलो स्थानमा हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०७७, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै