स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने विश्वका पाँच महिलामा नेपालकी डा. रुना झा पनि

शनिबार, २० बैशाख २०७७, ११ : ५७
स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने विश्वका पाँच महिलामा नेपालकी डा. रुना झा पनि

काठमाडौँ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने विश्वका पाँच महिलामा नेपालकी डा. रुना झा पनि पर्नु भएको छ ।

डा. झा संयुक्त राष्ट्रसँघीय महिला (युएन वुमन) द्वारा स्वास्थ्यमोर्चाको अग्रपंक्ति सम्हाल्ने विश्वका पाँच महिलामा छानिनु भएको हो ।

नेपालको एकमात्र आधिकारिक सरकारी प्रयोगशाला टेकुमा उहाँले दिनको औसत ७० जना बिरामीको स्वास्थ्य परीक्षण रिपोर्ट टुङ्गो लगाउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस