सुदुरपश्चिममा हालसम्म सबैभन्दा धेरै परिक्षण

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०७७, १९ : ४७
सुदुरपश्चिममा हालसम्म सबैभन्दा धेरै परिक्षण

फाईल फोटो

काठमाडौँ । कोभिड–१९ अर्थात कोरोना भाइरसको परिक्षण नेपालको सुदुर पश्चिम प्रदेशमा हालसम्म सबैभन्दा धेरै परिक्षण भएको छ । तर क्वारेन्टाइनमा रहनेहरु भने ५ नम्बर प्रदेशका धेरै व्यक्तिहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार त्यहाँ आरडिटी परिक्षणबाटमात्र १३ हजार ५८४ जनाको परिक्षण भएको छ । 

सुदुरपश्चिम पछि वागमति प्रदेशमा आठ हजार ४९४ जनाको परिक्षण भएको छ । तेस्रोमा प्रदेश नम्बर २ मा पाँच हजार ६१६, चौथोमा कर्णाली प्रदेशमा पाँच हजार ५६७, पाँचौमा गण्डकी प्रदेशमा ५ हजार ४११, छैठौँमा प्रदेश नम्बर १ मा पाँच हजार ८९ र सातौँमा प्रदेश नम्बर ५ मा ४ हजार ३५ जनाको आरडिटि विधिबाट कोरोना भाइरसको परिक्षण भएको छ । सबै प्रदेशमा गरी कुल २७ हजार ७९७ जनाको यस विधिबाट परिक्षण भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार गत २४ घण्टामा १ हजार ४६१ जनाको आरिडिटि विधिबाट परिक्षण भएको छ । पिसिआर विधिबाट भने हालसम्म १२ हजार ५७७ जनाको परिक्षण भएको उनले बताए । हाल क्वारेन्टिनमा २४हजार ९०७ जना रहेका छन् । ति मध्ये सबैभन्दा धेरै १२ हजार १६३ जना ५ नम्बर प्रदेशका रहेका छन् । त्यसपछि कर्णाली प्रदेशमा ३ हजार ७२४, सुदुरपश्चिम प्रदेशका ३ हजार ५६५, प्रदेश १ का २ हजार ८७७, प्रदेश नम्बर २ का १ हजार ३३२, गण्डकी प्रदेशका ७०८ र वागमति प्रदेशका ५३८ जना रहेका छन् । 

आइसोलेसनमा रहेकामा काठमाडौँ उपत्यकामा ५ जना र बाहिर ८९ जना गरी कुल ९४ जना रहेको मन्त्रालयले जनाएको छ । आजमात्र  बाँके ६० बर्ष, रुपन्देहीका २५ बर्षका दुई पुरुषमा कोरोना पोजेटिभ भेटिएको छ । यो सहित कुल संक्रमित ५९ पुगेको छ । जसमध्ये ४९ पुरुष महिला १० जना रहेका छन् । निको हुने १६ जना छन् ।

अन्य ४३ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । विगत २४ घण्टामा मन्त्रालयको कलसेन्टरमा १हजार ८७१  जनाले फोन गरेर आफ्नो समस्या बताएका छन् । त्यस्तै हालसम्म २९ हजार ३८४ स्वमूल्यांकन फाराम भरेका छन् । जसमध्ये २४ घण्टामा ३ जना सहित कुल ३१५ रेड जोनमा परेका छन् । जसको थप परिक्षणको पहल भैरहेको जनाईको छ ।