काठमाडौं । सरकारले लकडाउनबाट प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत दिने भएको छ । काम गर्नेहरुले पाउने राहतको २५ प्रतिशत मात्र काम नगर्नेहरुले पाउनेछन् ।
दोस्रो चरणको राहत प्याकेज ल्याएको सरकारले असंगठित क्षेत्रका रोजगारविहीन मजदुरहरुलाई स्थानीय तह, प्रदेश वा संघीय सरकारबाट सम्पादन हुने सार्वजनिक काममा लगाउने योजना अघि सारेको छ । यसरी काममा लगाउँदा दैनिक ज्याला वा नगद उपलब्ध गराइनेछ ।
स्थानीय तहले असंगठित क्षेत्रमा मजदुरलाई राहत दिँदा मापदण्ड अनुसार ज्याला दर तोकेर मात्र वितरण गर्नेछ । ज्याला निर्धारण गर्दा स्थानीय तहले परिवारको लागत तयार गर्नेछ भने राहत माग गर्ने परिवार सम्बन्धित स्थानीय तहको रोजगार केन्द्रमा सूचीकृत हुनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
युद्धग्रस्त गाजापट्टीमा अमेरिकाले पहिलोपटक सैन्य विमानबाट राहत सामग्री खसाल्यो
हावाहुरी र लम्पी स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत
नेपाल—भारतमैत्री युवा संघले दियो जाजरकोटका भूकम्प पीडितलाई राहत
पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत
आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई विराटनगर महानगरले राहत दिने
रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका ५३ जनाकै परिवारलाई राहत वितरण