काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् ।
नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयबारे छलफल गरेका हुन् । सभामुख घिमिरेले काँग्रेस सभापति देउवा र रास्वपा सभापति लामिछानेलाई राष्ट्रपति उपस्थित हुने संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरेका छन् । उनले राष्ट्रप्रमुख उपस्थित हुने र अवलोकनका लागि कुटनीतिज्ञहरुलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्न अपिल गरे ।
सभापति देउवाले आफूहरूले गृहमन्त्रीको राजीनामा माग नगरेको बताउँदै संसदीय छानबिन समितिको अडानबाट पछाडि हट्न नसकिने बताए । उनले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सञ्चालन हुने उल्लेख गरे । सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।
रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने भनाइ राखेका छन् । जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने जानकारी दिए ।
सभामुखले आज नै प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्षसँग छलफल गरिसकेका छन् । उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि टेलिफोन संवाद गर्ने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले गराए राप्रपा सांसद राणा पक्राउको सूचना सदनलाई जानकारी
संसदको अवरोध खुलाउने प्रयासमा सभामुख
आईपीयूको महासभामा सहभागी हुन सभामुख घिमिरे उज्वेकिस्तान जाँदै
सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना
विधायनसम्बन्धी विधेयक अघि बढाउन सभामुखको आग्रह
सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे