काठमाडौँ । सर्लाहीमा श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-९ रामनगर बस्ने २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो ।
घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा तारलाई कुसुमको श्रीमान् ३४ वर्षीय रम्भा महतोले उठाउने क्रममा करेन्ट लागेको थियो । सो देखेपछि कुसुमले छुटाउन खोज्दा दुवै जना करेन्ट लागेर घाइते भएका थिए ।
घाइतेमध्ये कुसुमको सिद्धि विनायक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै रम्भाको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ ।
यता चितवनको माडी नगरपालिका-२ जीवनपुर बस्ने ५५ वर्षीय शिव प्रसाद मर्दनियाको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतको धारामा हात धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ बैशाख २०८१, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना
करेन्ट लागेर १ जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु