सोमबार बेलुकासम्म सहमति जुट्नेमा विश्वस्त छु : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, १२ : १६
सोमबार बेलुकासम्म सहमति जुट्नेमा विश्वस्त छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी नीति कार्यक्रम सहज ढंगले अगाडि बढ्ने बताएका छन् । बालुवाटारमा प्रतिपक्षी दल नेपाली कांग्रेससँगको छलफलपछि प्रधानमन्त्रीले सोमबार बेलुकीसम्म सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘मैले गम्भीरतापूर्वक प्रतिपक्षसँग कुरा गरेको छु । आज अन्तिम निष्कर्षमा नपुगे पनि भोलि बेलुकीसम्म एउटा निष्कर्ष निकालेर नीति कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्नेमा म विश्वस्त छु ।’

प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएका थिए । लेखकले प्रधानमन्त्रीसँग पार्टीले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग दोहोर्‍याएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस