काठमाडौँ । जनता समाजवादी पार्टीले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारबाट समर्थन फिर्ता लिने विषयमा अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल चलिराखेको पार्टीका एक नेताले बताए ।
प्रदेशमा माओवादी र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भइसकेपछि जसपाले पनि केन्द्रमा सरकारबाट समर्थन फिर्ता लिने बताइएको छ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यही विषयमा छलफल गर्नका लागि आज इमर्जेन्सी बैठक बोलाएका छन् । अध्यक्ष यादवले आज माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटेका थिए। सरकारको विषयमा त्यहाँ कुरा नमिलेपछि उनले पार्टीको बैठक बोलाएका हुन्।
स्रोतले भन्यो– ‘सम्भवतः सरकारबाट जसपा फिर्ता हुन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० बैशाख २०८१, १६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा नेपालका उपाध्यक्ष झा जसपामा प्रवेश
जसपा नेपालका पाँच वटा केन्द्रीय विभागले पाए पूर्णता
जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
कोशी नाम खारेजीको माग गर्दै जसपा नेपालको जुलुस
जसपा नेपालले पदाधिकारीलाई अभियानमा खटायो