काठमाडौँ । नेपाल—भारतमैत्री युवा संघले जाजरकोटका भूकम्प पीडितका लागि राहत हस्तान्तरण गरेको छ । नेपाल—भारतमैत्री युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र यादवको टोलीले जाजरकोट पुगेर राहत हस्तान्तरण गरेको हो ।
कांग्रेस सहमहामन्त्री समेत रहेका यादवको टोलीले नेपाल—भारत मैत्री युवा संघको तर्फबाट २५० बलाङकेट र २५० तिरपाल जाजरकोट जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।
यादव नेतृत्वको टोलीमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, जाजरकोटका कार्यवाहक सभापति खड्ग सिंह, भेरी नगरपालिकाकी उपमेयर सीता जैसी पनि सहभागी थिए ।
सहमहामन्त्री यादवले जाजरकोटको जेलमा रहेका कैदीलाई बलाङ्केट वितरण गरेको बताए । दोस्रो चरणमा भूकम्प प्रभावित रुकुम पश्चिममा राहत वितरण गरिने यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोटको विद्यालयलाई ७ लाखभन्दा बढी सहयोग हस्तान्तरण
जाजरकोटको चौखामा विद्युत् सबस्टेशन निर्माण
भूकम्प पीडितको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते
बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु
एमाले जाजरकोटको अध्यक्षमा शाही विजयी