प्रदेश सभा सदस्यद्वय अग्रवाल र अहिरले गरे जसपाको पक्षमा सनाखत

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, १४ : ४५
प्रदेश सभा सदस्यद्वय अग्रवाल र अहिरले गरे जसपाको पक्षमा सनाखत

बुटवल। लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् ।प्रदेश सभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर (यादव)ले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा पुगेर जसपाको पक्षमा सनाखत गरेका हुन् ।

उनीहरू दुवै जनाले आइतवार निर्वाचन कार्यालयमा पुगेर जसपाको पक्षमा सनाखत गरेका पार्टीका संस्थापक केन्द्रीय सदस्य मणिकर कार्कीले जानकारी दिए ।दुवै जना बाँके क्षेत्र नम्बर २ को १ र २ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

 

प्रतिक्रिया दिनुहोस