कपिलवस्तु । मायादेवी गाउँपालिका वडा नं १ पकडीमा एक दलित महिलामाथि कुटपिट भएको छ । पकडी निवासी ४० वर्षीया अनिता पासीलाई स्थानीयवासी चार जनाले सडकमा धुलो उडेका विषयमा कुटपिट गरेका हुन् ।
सडकमा धुलो उडेपछि पानी छर्किने विषयमा विवाद हुँदा आफूलाई पकडीका सानाहे यादव, हरिराम यादव, बडकी ताकियाही र छोटकी तकियाहीले कुटपिट गरेको पीडित पासीले बताउनुभयो । यही वैशाख ७ गते दिउँसो हावा चलेको बेला सडकको धुलो उडेपछि पासीले बाटामा पानी छर्किँदा तल्लो जातले पानी छर्किनु हुँदैन भन्दै यादव परिवारले अनितालाई कुटपिट गरेको थियो ।
एकल महिला पासीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सो विषयमा उजूरी दिनुभएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी भए जातीय छुवाछूत कानूनबमोजिम कारवाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पोलमा बाधेर महिलालाई मरणसान्न हुनेगरी कुटपिट
कुटिए ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि कुटपिट
जनकपुरमा मरणासन्न हुने गरी कुटिए व्यवसायी
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन