काठमाडौंं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि तरङ्गित बनेको राजनीतिले नयाँ मोड लिएको छ । अध्यादेश ल्याएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै आश्चर्यचकित पार्दै वर्षौंदेखि मिल्न नसकेका मधेस केन्द्रित प्रभावशाली दुई दलबीच रातारात एकीकरण भएको छ ।
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच बुधबार राति एकीकरण भएसँगै बिहीबार निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । समाजवादी पार्टी विभाजन भएर बन्ने नयाँ दललाई सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको थियो । तर, पार्टी विभाजनबाट जोगाउनका लागि दुई पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरण गरेर सम्भावित विभाजनबाट जोगाएका छन् ।
अध्यादेशपछि तरङ्गित बनेको राजनीति दुई पार्टीको एकताले अध्यादेश विवाद केही मत्थर भएको छ । समाजवादी पार्टीका असन्तुष्ट सात सांसदले पार्टी विभाजन गर्ने तयारी गरेपछि दुई पार्टीबीच हतारमा एकताको सहमति गरिएको हो ।
सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजनका लागि खुकुलो हुने गरी अध्यादेश ल्याएपछि यी दुई पार्टीलाई आफ्ना सांसद्हरू ४० प्रतिशत संख्या लिएर बाहिरिने तयारी गरेका थिए । यी दलबीच एकताका लागि वार्ता भने लामो समयदेखि चल्दै आएको थियो । दुई पार्टी मिलेर एकीकृत पार्टीको नाम ‘जनता समाजवादी राखिएको छ । पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयताकारमा रातो र हरियो रङ्गको बीचमा तारा हुने सहमति गरिएको छ । चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ बैशाख २०७७, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच फोन सम्वाद
देश विकासको गतिमा अगाडि बढेको छ: प्रधानमन्त्री ओली
स्वदेशी वस्तुको प्रयोगमा वृद्धि गर्नुस् : प्रधानमन्त्री ओली
प्रचण्डसँग सम्पर्क गर्न अहिले पनि म प्रयासरत छु: प्रधानमन्त्री ओली
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुँदैछ : प्रधानमन्त्री ओली