भोजपुरमा कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८

सफल खबर संवाददाता

विहीबार, ११ बैशाख २०७७, २१ : ००
भोजपुरमा कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबार साँझ थप एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

बिहीबारसम्ममा १० जना डिस्चार्ज भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।