सुदुरपश्चिम प्रदेशमा आरडीटी जाँच बाट २ जनाको रिपोट पोजिटिभ

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०७७, ०९ : १०
सुदुरपश्चिम प्रदेशमा आरडीटी जाँच बाट २ जनाको रिपोट पोजिटिभ

काठमाडौँ । सुदुरपश्चिम प्रदेशमा आरडीटी जाँच बाट २ जनाको रिपोट पोजिटिभ आएको छ । सामाजिक बिकास मन्त्रालय अन्र्तगत सवास्थ्य निर्देशनालय डोटी ले कोरोना भाईरस मिडिया ब्रिफिङ्ग मा सो कुरा जानकारी दिएको हो । 

आरडीटी जाचवाट २ जनाको रिपोट पोजिटिभ आए पनि एक जनाको भने पिसिआर मा जाच गर्दा नेगेटिभ रिपोट आएको सामाजिक विकास विकास मनत्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्की ले जानकारी दिए ।

अक्रो व्यक्तीको भने रिपोट आउन बाँकी छ ।आरडीटी किड वाट १ दिनमा ५९८ जनाको चेक जाच गरिएको र अरुको रिपोट नेगेटिभ आएको उनले जानकारी दिए । अहिले ९ वटै जिल्लामा आरडीटी चेक जाच भईरहेको र अहिले सम्म ६१७७ जनाको चेक जाच गर्दा ६१७५ जनाको रिपोट नेगेटिभ आएको कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस