काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एक लाख रुपैयाँसम्मको विद्युत् महशुल अनलाइनमार्फत र सोभन्दा बढी भएमा वितरण केन्द्रसँगको समन्वयमा बैकिङ प्रणालीमार्फत बुझाउने व्यवस्था गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको जोखिम कम नभएसम्म अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्न प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । महसुल काउण्टरहरूमा हुने भीडभाडका कारण संक्रमणको जोखिम उच्च हुने भएकाले अनलाइनबाटै महसुल भुक्तानीको व्यवस्था मिलाउने प्राधिकरणले बताएको छ ।
१० चैतमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले ग्राहकलाई अनलाइनमार्फत बिजुलीको बिल तिर्न आह्वान गरेको थियो तर मिटर रिडिङको अपडेट नहुँदा निर्णय कार्यान्वयनमा आएको थियो ।
मिटर रिडिङ अपडेट गरेर अनलाइनमार्फत महशुल भुक्तानीको लागि व्यवस्था गरिएको प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले जानकारी दिए । आजको करोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०४ बैशाख २०७७, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ
तिहारमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ
डेडिकेटेड र ट्रंक लाइन महसुलबारे प्राधिकरण सञ्चालक समिति अनिर्णित
राहुघाट जलविद्युत् आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’