– प्रकाश सिग्देल
नलवपुर । गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङ्गले गण्डकी प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भिडियो सम्वाद गर्नु भएको छ ।
कोरोनाको कहरका बीच प्रमुख जिल्ला अधिकारीहरुलाई उर्जा प्रदान गर्न, उहाँहरुले गरेको कामको विषयमा जानकारी लिन र उहाँहरुलाई उचित सल्लाह र सुझाव दिन मुख्यमन्त्रि गुरुङ्गले भिडियो सम्वाद गर्नु भएको उहाँका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले बताउनु भयो ।
उहाँका अनुसार ११ वटै जिल्लाका सिडियोहरुसँग भिडियो सम्वाद भएको छ । पहिला मन्त्रिले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको कामको अपडेट लिँदै सबैको समस्या बुझदै, लकडाउन कार्यान्वयन गर्न भएका काम कोरोना परीक्षणको अवस्था र प्रगतीको जानकारी लिनु भएको थियो । त्यसपछि मन्त्रिले सबै प्रमुख जिल्ला अधिकारीहरुलाई सल्लाह सुझाव र उर्जा प्रदान गर्नु भएको न्यौपानेले जानकारी दिनुभयो ।
मन्त्रिले आइसोलेसनको प्रभावकारी व्यवस्थापन गर्न, लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न, संकास्पद बिरामीको तत्काल परीक्षण र उपचारको व्यवस्था गर्न, स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन आग्रह गर्दै केही समस्या सृजना भए आफूलाई तत्काल जानकारी गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्नु भएको उहाँले बताउनु भयो ।
त्यस्तै उहाँले अहिले जिल्लाजिल्लामा भएका कामको प्रसशा गर्दै सबै प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद समेत दिनु भएको उहाँ बताउनु हुन्छ । यसअघि गण्डकी प्रदेश सरकारले कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक ५१० रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरीसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू
त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको : मुख्यमन्त्री पाण्डे
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन