काठमाडौँ । दूधको खपत घटेपछि दैनिक एक लाख ५० हजारदेखि एक लाख ८० हजार लिटरसम्म दूधलाई प्रशोधन गरी पाउडर बनाउन थालिएको छ । लकडाउनको अवधिमै दुई निजी डेरी उद्योग र एक सरकारी उद्योगबाट किसानबाट संकलित दूधलाई पाउडर र मख्खन बनाउन थालिएको हो ।
दूध धेरै उत्पादन हुँदा र बजारमा कच्चा दूधको माग घट्दा दूधलाई पाउडर बनाएर राख्ने गरिन्छ । निजी क्षेत्रकै ठूले पाउडर दूध कारखाना चितवन मिल्कले दैनिक ४५ हजारदेखि ६० हजार लिटरसम्म र पोखराको सुजल डेरीले पनि यत्ति नै मात्रामा दूधलाई पाउडर बनाउँदै आएको बताएका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानको विराटनगरस्थित धुलो दूध कारखानाबाट ५५ हजारदेखि ७० हजार लिटरसम्म दूध पाउडरमा कन्भर्ट गरिरहेको छ । संस्थानको विराटनगर उद्योगमा निजी डेरीसेतले दूधलाई पाउडर बनाउन लैजाने गरेका छन् भने पोखराको सुजलमा संस्थाने पनि दूध पठाउने गरेको छ । चितवन मिल्कमा भने निजी डेरी र सहकारीहरू पनि लैजाने गरेका छन् ।
नेपालमा तीन वटामात्र पाउडर दूध कारखाना छन् । तीन वटै कारखाना एक सिफ्ट चल्ने गरेका छन् । अत्यावश्यक वस्तु उत्पादन गर्ने कृषि उद्योगहरू चलाउनुपर्ने कानुनी बाध्यता छ । व्यवसायीहरूले भने उद्योग चलाउन गाह्रो भएको गुनासो गर्दै आएका छन् । कामदारलाई कम्पनी बाहिर आउतजावत गर्न समस्या भएपछि उद्योगमै खानपान र सुत्नेसमेत गर्न थालेको चितवन मिल्क प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए । सुजल र डीडीसीले भने कामदारलाई सुरक्षित तरिकाले गाडीमै लाने लैजाने गरेका छन् ।
दूध संकलन गरेर उद्योगमा पठाउन समेत चुनौतिपूर्ण रहेको उद्योगीहरूको भनाइ छ । “कामदारहरूलाई घर बाहिर जान र फर्कदा घरबेटीले संकास्पद रूपमा हेर्ने गरेको भन्दै कतिपय कामदारमा मनोवैज्ञानिक त्रास छ,” उद्योगी अरनिको राजभण्डारी भन्छन्, “जोखिम मोलेरै हामीले दूध संकलन गरेर पाउडरका लागि उद्योगमा पठाएका छौं, सरकारबाट थप समन्वय र प्रोत्साहनको महसुस गरेका छौं ।” लकडाउनको अवधिमा दूधको उत्पादन लागत समेत बढेको र उत्पादित दूध सबै स्टकमै रहने उनले जनाए । आजको करोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०२ बैशाख २०७७, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूध बेचेर मासिक रु ६ लाखसम्म आम्दानी
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
दूध बेचेरै महिनामा डेढ लाख बचत
दूध बेचेर वार्षिक २० लाख कमाइ
चितवनका दुई पालिकामा दूध ‘जोन’