काठमाडौँ । कोरोनाको द्रुत परीक्षण अर्थात् ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) मा पोजेटिभ आएको बागलुङ काठेखोला गाउँपालिकाका एक ६५ वर्षीया वृद्धाको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।
आरडिटी पोजेटिभ देखिएको महिलाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखराको कोरोना परीक्षण ल्याबमा पठाइएको थियो । स्वाब परीक्षण गर्दा उक्त महिलाको रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो । चैत ७ गते भारत तीर्थयात्रा गरेर फर्किनुभएकी महिलाको आइतबार गाउँपालिकामा गरिएको द्रुत परीक्षण (¥यापिड डाइगोनोस्टिक टेष्ट) रिपोर्ट पोजेटिभ देखिएको थियो । उहाँलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले आइतबार राति ११ बजे भीमसेन माविको क्वारेन्टाइनमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ बैशाख २०७७, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति