एजेन्सी । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दक्षिण कोरियाको रणनीतिलाई अवलम्बन गर्दै कोभिड १९ को परीक्षणलाई ब्यापक बनाउने घोषणा गरेका छन् । ‘परीक्षण नगरेसम्म हामी को संक्रमित छन् र को छैनन् भन्ने यकिन गर्न सक्दैनौँ,’ केजरीवालले भने ।
दक्षिण कोरियामा ब्यापकरुपमा कोरोनाभाइरस परीक्षण गर्दा त्यहाँ शुरुवाती चरणमा नै संक्रमितहरु फेला परेका थिए । जसले देशमा भाइरसको संक्रमणलाई नियन्त्रण गर्न मद्दत पुगको थियो ।
मुख्यमन्त्री केजरीवालले परीक्षण कीटको अभावका कारण समस्या भइरहेको जनाउँदै अर्डर गरिएका ५० हजार थान कीट बल्ल आइपुगेको पनि जानकारी दिए । कम्तीमा १ लाख जनाको कोरोना परीक्षण गरिने दिल्ली सरकारले जनाएको छ ।
नियम उल्लंघन नहोस् भनेर सरकारले स्थानीय प्रहरीलाई स्व–क्वारेन्टाइनमा रहेका २७ हजार ७०२ जना व्यक्तिहरुको बारेको जानकारी पनि साझा गरेको छ ।
केजरीवालले दिल्लीमा रहेका ८ हजार अस्पतालमा ३० हजार बिरामीसम्म विरामीलाई उपचार गर्न तयारी अवस्थामा रहेको पनि दाबी गरे ।
भारतमा यतिबेला ४ हजार ७७८ जना संक्रमित फेला परेका छन् भन् १३६ जनाले ज्यान गुमाइसकेका छन् । यसमध्ये दिल्लीमा ५२३ जना संक्रमित रहेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति