एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलदैं गएको छ। हिजो सोमबार एकै दिनमा मात्रै कोरोना भाइरस संक्रमणबाट भारतका विभिन्न प्रान्तमा २८ जनाको मृत्यु भएको भारतिय संचारमाध्यमले जनाएका छन् ।
यि थप भएको मृत्युसंगै मृतकको संख्या १ सय ११ पुगेको छ। यस्तै सोमबार थप ७ सय ४ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ। भारतमा हाल सम्म संक्रमितको संख्या ४ हजार २ सय ८१ पुगेको छ । ३१८ जना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् ।
भारतमा अहिलेसम्म १ लाख भन्दा बढीको परीक्षण सम्पन्न भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ । सोमबार महाराष्ट्रमा कोरोना भाइरसका १ सय २० नयाँ संक्रमित पुष्टि भएका हुन् । सो राज्यमा कुल संक्रमितको संख्या ८ सय ६८ पुगेको छ। यस्तै सोमबार महाराष्ट्रमा सातजनाको मृत्यु भएसँगै राज्यमा मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
यस्तै राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय २५ पुगेको छ भने ७ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा सोमबार ६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ सय ५६ भएको छ । मध्य प्रदेशको भोपाल जिल्ला बढी प्रभावित भएको छ । त्यहाँ सोमबार एकै दिनमा मात्रै ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
तेलंगानामा अहिले ३ सय ८ संक्रमित छन् र ११ जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेशमा ३ सय ३ तथा केरलमा ३ सय २७ जना संक्रमित छन् । भारत सरकारले कोरोनाको संक्रमण रोक्न सतर्कताका विभिन्न कार्यक्रम अघि सारेपनि दिन प्रति दिन यसको संक्रमण दर बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत पुग्ने अनुमान
भारतमा महाकुम्भ भाग दौडमा १५ जनाको मृत्यु