काठमाडौं । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले धैर्य र संयमित भएर ‘लकडाउन’को पालना गर्न प्रदेशवासीलाई आग्रह गर्नुुभएको छ । उहाँले आज जारी गर्नुभएको भिडियो सन्देश अपिलमा देश र जनताको जीवनरक्षाका लागि मुुलुुक लकडाउनको अवस्थामा रहेकाले यस्तो बेलामा सबै नागरिकले संयमता अपनाउनुुपर्नेमा जोड दिनुुभयो ।
कोरोना कोभिड–१९ को विरुद्धको यो लडाइँमा उच्च सतर्कता, सावधानी र जनचेतनाले मात्र जित्न सकिने भएकाले उच्च मनोबलका साथ नियमको पालना गर्न सबैलाई उहाँले आग्रह गर्नुुभयो । मुुख्यमन्त्री राईले सबै नागरिकलाई बचाउने जिम्मा सरकारको भएकाले प्रदेश सरकार अहोरात्र नागरिकको साथमा रहेको बताउनुुभयो । कुुनै पनि समस्या भए प्रदेश सरकारलाई जानकारी दिन आग्रह गर्दै सही सूचनामात्र लिन सबैमा उहाँले आग्रह गर्नुुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २४ चैत्र २०७६, २१ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा एमालेलाई बलियो र सशक्त रुपमा उभ्याउछु : शेरधन राई