काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार, गभर्नर छनौट सिफारिस समितिले मायम मुकायम गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व अर्थसचिव डा. राजन खनाल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्ले चैत ९ गते अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा यस्तो समिति गठन गरेको हो । समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटा रहेका छन् ।
अर्थन्त्रालय स्रोतका अनुसार, आजै गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । प्रधानमन्त्रीले रुचि देखाए आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नर नियुक्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ चैत्र २०७६, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट
केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल
केन्द्रीय बैंक मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्दै
बैंकले विदेशी विनिमय कारोबारको इजाजतपत्र नवीकरण गर्नु नपर्ने
एनएमबि बैंकद्वरा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त
आजदेखि दसैँका लागि नयाँ नोट सटही