बेलायतमा कोरोना भाइरसका कारण पाँच वर्षका बालकको मृत्यु

आइतबार, २३ चैत्र २०७६, १० : ३८
बेलायतमा कोरोना भाइरसका कारण पाँच वर्षका बालकको मृत्यु

एजेन्सी । बेलायतमा कोरोना भाइरसका कारण पाँच वर्षका बालकको मृत्यु भएको छ ।

ती बालकको लण्डनको किङ्गस कलेज अस्पतालमा निधन भएको बेलायती मन्त्रीपरिषद कार्यालयका मन्त्री माइकल गोवले जानकारी दिए ।

गोवका अनुसार गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका पाँच वर्षका बालकमा कोरोना भाइरसको संक्रमण भएको र त्यसकै कारण ती बालकको ज्यान गएको हो ।

यस्तै १३ वर्षका अर्का बालकको पनि कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएको छ । उनी पनि गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका थिए ।

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४३ सय १३ पुगेको छ । संक्रमितको संख्या ४१ हजार ९०३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस