काठमाडौँ । आज शनिबार फेला परेका कोरोना भाइरसका थप तीनजना संक्रमितमध्ये एक जना अवैध बाटो हुँदै भारतबाट नेपाल प्रवेश गरेको खुलेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला ९यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त० मा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष अवैध बाटो हुँदै भारतबाट नेपाल प्रवेश गरेको खुल्न आएको हो ।
चैत २ गते कञ्चनपुरको वेदकोटबाट ४१ वर्षीय ती पुरुष भारतको उत्तराखण्ड चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँस्थित सडक निर्माणको काममा गएका थिए ।उनीसँग काम गर्ने ११ जना एउटै टेण्टमा बस्थे । सबैजना रातिमा लाइनसँग सुत्थे । उनीहरुको पकाउने चुल्हो समेत एउटै रहेको पाइएको छ ।
विश्वभर कोरोनाको महामारी फैलिएसँगै त्रासले गर्दा उनले नेपाल फर्किने सोच बनाए । कोरोनाको त्रास फैलिएसँगै उनी चैत १३ गते अवैध बाटो हुँदै नेपाल आइपुगे । ती पुरुष पैदल हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेका पाइएको छ ।
अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । लगत्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनास्थित गडाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सशस्त्र प्रहरीले त्यसपछि ती पुरुषलाई गड्डाचौकीबाट बेदकोट गाउँपालिका–९ लालपुर गाडीमा हालेर पठाइएको प्रहरीले जनाएको छ ।
सोही दिन राति १० बजे उनीसहित अन्य ९ जनालाई सुन्दरपुरमा रहेको क्वारेन्टाइन घरमा राखेर खाना खुवाएको पाइएको छ । बेदकोट नगरपालिकाले बनाएको त्यही सुन्दरपुर क्वारेन्टाइनमा उनलाई राखिएको थियो ।
अवैध बाटोमार्फत नेपाल आएको खबर थाहा पाउनेबित्तिकै काठमाडौँस्थित छाउनीबाट नेपाली सेनाको मेडिकल टिमले उनको स्वाव परीक्षणका लागि ल्याएको थियो ।
परीक्षणको क्रममा ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखियो । स्वास्थ्य मन्त्रालयले आज मात्र ती पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो ।
कोरोना पोजिटिभ देखिएका ती पुरुषलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा एम्बुलेन्समा राखेर लगिएको थियो । हाल उनको उपचार भइरहेको छ ।
कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति