काठमाडौँ । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एकबाट अर्को व्यक्तिमा सरेको पुष्टि भएसँगै खतराको घण्टी बजेकोे छ । यो बाहिरबाट परिवारमा फैलिएकाले पनि खतरनाक मानिन्छ । परिवारपछि समुदायमा फैलदा माहामारीको रुप लिन्छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण भेटिएका तीनमध्ये एक महिलामा भेटिएको संक्रमण कुनै विदेशीमा हैन । उनी नेपालकै स्थानीय महिला हुन । विदेशबाट आएका उनका देवरमा रहेको कोरोना भाइरस ति महिलामा सर्नु निकै खतरनाक रहेको चिकित्सक बताउँछन् । यसअघि नेपालमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकाहरुमा मात्र भेटिएका थिए ।
यसरी स्थानीय समुदायमा संक्रमण फैलने चरणमा कोरोना भाइरसले गति लिएको हो । यो पहिलोबाट दोस्रो चरणमा प्रवेशको चरण भएको विश्व स्वास्थ्य संगठनको निर्देशिकामा उल्लेख छ । यदी यो संक्रमण ति महिलामार्फत समुदायका अन्य मानिसमा सरेको खण्डमा यो कम्युनिटी ट्रान्समिसनको चरणमा पुग्छ । जुन माहामारीको पूर्वावस्था भनेर चिनिन्छ ।
धनगढीमा दुबईबाट फर्किएका एक ३४ वर्षीय युवालाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको थियो । उनी घरमै बसेका थिए । सोही क्रममा उनको भाउजुमा सरेको हुनसक्ने आशंका स्वास्थ्य मन्त्रालयले गरेको छ ।
हालसम्म ति महिलामा देखिने खालका अन्य लक्षण नदेखिएपनि परिक्षणका क्रममा संक्रमण भएको फेला पर्नुले समुदायमा पुग्यो कि भन्ने आशंका उब्जाएको छ ।
ति युवाका परिवारका अन्य सदस्यको स्वाब १२ दिनपश्चात परिक्षण भएको थियो । ति मध्ये एकमा संक्रमण फेला परेको थियो । हाल ति महिला सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छिन् । जहाँ उनका देवरको पनि उपचार भैरहेको छ ।
ति युवक गत चैत ७ गते दुबइबाट नेपाल आएका थिए । दिल्ली हुँदै उनी चैत ८ गते नेपाल भित्रिएका थिए । त्यहाँबाट बुद्ध एयरमार्फत काठमाडौँबाट नेपालगञ्ज पुगेका थिए । नेपालगञ्जबाट उनी हायसमा अत्तरिया पुगेका थिए ।
घरमै रहेकै क्रममा उनलाई चैत १० गते ज्वारे आएपछि ११ गते अस्पताल लगिएको थियो । चैत १४ गते उनमा संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उनलाई आइसोलेसनमा र उनका परिवारलाई क्वारेन्टाइनमा राखिएको थियो । घरमा पशुचौपाया अलपत्र परेकाले होम क्वारेन्टाइनमा बस्ने सर्तमा ति सदस्यलाई घर फर्काइएको थियो । तर उनीहरुमध्ये थप एकमा संक्रमण देखिएपछि गाउँ नै सशंकित बनेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय संक्रमण भेटिएका अन्य दुई भने भारतबाट फर्किएका नेपाली छन् । एकजना मुम्बईबाट फर्केका २१ बर्षिय पुरुष र एकजना उत्तराखण्डबाट नेपाल आएका ४१ बर्षीय पुरुष थिए ।
यसरी विदेश र भारत हुँदै आएका नेपाली र भारतीयबाट नेपालमा संक्रमणको जोखिम बढि छ । तर पछिल्लो समय नेपालीमै संक्रमण देखिएपछि यसले दोहोरो जोखिम बढाएको छ । भारतमा एक मस्जिदमा प्राथनामा सहभागी हुन गएका १९ जना नेपाली थिए ।
तिनीहरु सबैको पहिचान अहिलेसम्म भएको छैन । जसका कारण हाल देखिएजस्तै परिवारका सदस्यमा संक्रमण बढ्ने उच्च जोखिम छ । भारतबाट आएकाहरु नेपालगञ्जमा क्वारेटाइनमा नबसी भाग्नेहरु पनि छन् । उनीहरुको पछिल्लो अवस्था पनि बाहिर आउन बाँकी नै छ । संक्रमितले छोएका चीजबस्तुबाट पनि सहजै अर्को व्यक्तिमा कोरोना भाइरस सर्ने हुँदा ति संक्रमितले लापरवाही गरेको खण्डमा अत्यधिक छिटो संक्रमण फैलने खतरा रहन्छ ।
हाल नेपाल सरकार खोज्दै परिक्षण गर्दै गरेको अवस्थामा छ । तर लुकेर घरमै बस्ने छिटो सम्पर्कमा आइरहेका छैनन् । उनीहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पहिचान पनि धेरै हुन सकिरहेको छैन् । यसले सिंगो देशकै जनस्वास्थ्यमा खतरा बढेको विश्लेषकहरु औँल्याउँछन् । भारतमा पछिल्लो समय ८६ जनाको मृत्यु यस संक्रमणले भैसकेको छ । त्यहाँ ३ हजार ८२ मा संक्रमण भेटिएको छ । जसमध्ये २३ वटा नयाँ संक्रमण हो । नेपालमा भने हालसम्म ९ जनामा संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति