अब हेटौँडाबाट पनि कोरोना भाइरसको परीक्षण

विहीबार, २० चैत्र २०७६, १३ : १५
अब हेटौँडाबाट पनि कोरोना भाइरसको परीक्षण

File Photo

हेटौँडा । प्रदेश सरकारको पहलमा आजबाट हेटौँडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबबाट नै कोरोनाको परीक्षण हुने भएको छ । 

ल्याबका लागि चाहिने सबै उपकरण जडान भैसकेको  र जनशक्ति पनि  आइसकेकोले  कोरोना भाइरस परीक्षण गर्न सकिने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए । ल्याबमा प्रत्येक दिन ७५ वटासम्म संकलित नमुना परिक्षण गर्न सकिने छ। 

छिमेकी रास्ट्र भारतसम्म  कोरोना फैलिसकेको अवस्थामा सबैमा सचेत र सावधानी अपनाउन आग्रह गर्दै उनले कोरोना नियन्त्रणको लागि प्रदेश सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताए । 

नेपाल सरकारको दुरदर्शी र प्रभावकारी कदमको कारण देशमा  कोरोना भित्रिए पनि फैलिन नसकेको  भन्दै उनले   कोरोना संक्रमित पनि केहि दिनमा स्वास्थलाभ गरि फर्कनेमा बिश्वास व्यक्त गरे । कोरोना नेपालमा नफैलिनुलाइ  कसैको कृपा भन्दा अहोरात्र खटिने नेपाली स्वास्थकर्मी ,सुरक्षाकर्मी र बिभिन्न निकायका सरकरी व्यक्तित्वको मुख्य  भूमिकाको अबमुल्यन हुने मुख्यमन्त्रीको भनाइ  छ । 

परिक्षणको लागि तयारी पुरा भएपनि अहिलेसम्म परिक्षणको लागि कुनै नमुना संकलन भै नआएको सामाजिक बिकास मन्त्रालयका सचिब दिपेन्द्र सुबेदीले बताए ।