पोखरा । पोखरामा नोवेल कोरोना भाइरसको जाँच गर्ने मेसिन (पिसिआर)को भित्रिएको छ । हेलिकप्टरबाट बिहान मात्रै पोखरा ल्याइएको मेसिनले ३ जना बिरामीका स्वाब परिक्षण गरेको छ ।
परीक्षणको रिपोर्ट भने बुधबार मात्रै सार्वजनिक गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए । ‘अहिले ३ जना बिरामीको स्वाव टेष्ट हुँदै छ,’ उनले भने, ‘रिपोर्ट विभागमा पठाएर मात्रै सार्वजनिक गछौं ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यावका एक कर्मचारीले विज्ञहरुको टोली बिरामी भई हाले कसरी नियमित परिक्षण गर्ने भनेर विकल्प पनि तयार पार्न लागि परेको बताए । गण्डकी प्रदेश सरकारले साढे ६ करोड रुपैयाँको राहत पनि स्थानीय तहलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ चैत्र २०७६, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै