काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) असर विश्वभर मानव जीवनमा प्रत्यक्षले परेकै छ । झण्डै आठलाख मानिस कोरोना भाइरसको संक्रमणमा परिसकेका छन् । ति मध्ये ३८ हजार ७२१ ले ज्यान गुमाइसकेका छन् । उपचारपछि घर फिर्नेको संख्या संक्रमितको तुलनामा न्यून छ । जम्मा १ लाख ६९ हजार ९९५ जना हालसम्म स्वास्थ हुन सकेका छन् । यस संक्रमणले मानिसको जीवनको आधार मानिने विश्वअर्थतन्त्रकै जग पनि नराम्रोसँग हल्लाएको छ । कोरोना भाइरसको जन्मस्थान चीनहुँदै यो अहिले युरोपतिर मौलाएको छ । भाइरसको फैलावट जहाँ जहाँ पुगेको छ, त्यहाँ त्यहाँको अर्थतन्त्र ध्वस्त हुँदै गएको छ । गत फागुन ११ मा चीनका राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसका कारण अर्थनन्त्रमा कठिन संघर्ष गर्नु परेको उल्लेख गरेका थिए ।
यसले पनि शक्तिशाली राष्ट्रकै अर्थतन्त्र कमजोर बनाउने शक्ति कोरोनामा रहेको दर्शाउँछ । विश्वकै शक्तिशाली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोना मौलाउँदाताक त्यति वास्ता गरेनन् । तर जब यतिबेला त्यो फैलावट अमेरिकामा बढ्यो । तब उनको पनि पसिना छुटेको छ । अमेरिका त्राहिमाम छ । त्यसै पनि उट्पट्याङ गतिविधिका कारण उनको छवि अमेरिकी जनतामाझ राम्रो हुन सकेको थिएन । झन जनस्वास्थ्यलाई नै वेवास्ता गर्दै असावधानी अपनाएपछि अमेरिकाको मानव जीवन र अर्थतन्त्र दुबैले अहिले संकट भोगीरहेको छ । विश्वकै बढि १ लाख ६४ हजार ३५९ जना संक्रमित त्यहाँ रहेका छन् । यो संख्या इटली र चीनपछिको सबैभन्दा बढि हो ।
विश्व अर्थतन्त्रको विश्लेषण गर्दै अक्सफोर्ड इकोनोमिक्स ईनडेक्सले कोरोना भाइरसका कारण सन् २०२० को विश्वको आर्थिक वृद्धिमा झण्डै १.५ प्रतिशतले असर पार्ने प्रक्षेपण गरिसकेको छ ।
विश्व नै मारमा परेकोबेला नेपालमा त्यसको असर स्वभाविक रुपमै बढीपर्छ । परनिर्भर मुलुकको रुपमा रहेको नेपालको आर्थिक, भौतिक र सामाजिक विकासको प्रतिनिधित्व गर्ने दिगो विकासमै असर देखिन थालिसकेको छ । अघिल्लो वर्ष ८.५ प्रतिशतको वृद्धिदर भेट्ने आकांक्षा राखेको नेपालको आर्थिक वृद्धिदर पहिले कायम भन्दा पनि घट्ने अनुमान अर्थविदले गर्न थालेका छन् । विश्व अन्यौलताले नेपालजस्तो अल्प विकसित मुलुकको अर्थतन्त्रको भविष्य कता लैजाला त्यो भन्न सक्ने अवस्था छैन् । यतिखेर सातदिने लक डाउन सकिएर आजबाट अर्को साताको लक डाउनको सुरुवात भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले यस बर्षको आर्थिक वृद्धिदरमा ठूलो असर पर्ने बारम्बार बताइरहेका छन् । नेपालको चीनसँग जोडिएको वैदेशिक व्यापार, पर्यटन, विकास निर्माणका आयोजना होस वा दक्षिणको छिमेकी भारतसँगको साझेदारीमा हुने विकासका आयोजना नै किन नहोस ।
दुबैतिरको कार्यान्वयन ठप्प बनिसकेको छ । मुख्यगरी नेपालको भौतिक पूर्वाधारको विकास, उद्योग, पर्यटन, व्यापार, वैदेशिक रोजगारीको आथिर्क आम्दानी, कृषिक्षेत्र लगायतका क्षेत्रमा यसवर्ष ह्वात्तै गिरावट आउने देखिएको छ । भौतिक पूर्वाधार अन्तर्गत जलविद्युत उत्पादनका विभिन्न आयोजना तथा विमानस्थल निर्माण पर्छन् । सबै काम ठप्प हुँदा त्यसले फेरि कहिले गति लिने हो त्यसको टुंगो छैन ।
रसुवागढी, सान्जेन, त्रिशुली ३ बी, न्यादी, माथिल्लो तामाकोशी लगायतको जलविद्युत परियोजनामा सोझै असर परेको छ । त्यसैगरी भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम रोकिएको छ । विद्यतु प्रसारण लाइनसँग सम्बन्धीत काम पनि अवरुद्ध रहेको प्राधिकरणको ग्राहक सेवा निर्देशनालयले जनाएको छ । त्यस्तै वैदेशिक मुद्राको मुख्यस्रोतका रुपमा रहेको हस्तकला, पस्मिना, गलैचा, चित्रकला लगायतका उद्योगधन्दा पनि चौपट बनेको छ ।
पर्यटन उद्योगसँग सम्बन्धीत होटल, ट्रेकिङ, अवलोकन भ्रमण सबै यतिबेला बन्द छन् । जसका कारण २० लाख पर्यटक भित्र्याउने सपना बोकेको भिजिट नेपाल २०२० को परिकल्पनामै तुसारापात भएको छ ।
कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्र थिलथिलो बनेको छ । गतबर्ष आएका ११ लाख बढि पर्यटकमध्ये १४ प्रतिशत चीनका थिए । चीनका पर्यटक भारतपछि नेपाल आउने बढिमा पर्छन् । चीनमा नै कोरोनाले गाँजेपछि यसको असर लामो समय रहने देखिन्छ ।
अन्तराष्ट्रिय स्तरमा भैरहेका आयात निर्यात व्यापारमा असन्तुलन पैदा भएको छ । अत्यावश्यक सामग्रीको मात्र आयातले थप भार थपेको छ । बजारमा खाद्यान्न, औषधी, ग्यास , तेल लगायतको अभाव तिब्र बनेको छ । विगत ६ महीनामा कुल वस्तुको आयात यसैपनि ४ प्रतिशतले घटेको छ । कोरोना असरले त्यसमा थप कमि ल्याउनेछ ।
मुख्य नाका बन्द रहेका छन् । तातोपानी, रसुवागढी नाकाहुँदै भित्रने व्यापारिक सामग्री आएका छैनन् । जुन गएको माघ १६ देखि नै बन्द भएको हो । जसका कारण वर्षेनी चीनतिरबाट आयात हुँदै आएको दुई अर्ब बढिको आयात ठप्प बनेको हो ।
केन्द्रीय तथ्याङ्क विभागले चालु आवको पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ४.५ प्रतिशत आसपास रहेको जनाएको छ । अघिल्लो वर्ष ६.७ प्रतिशत थियो ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले झण्डै २७ प्रतिशतको योगदान दिन्छ । जसमा धान उत्पादनको अत्यधिक योगदान छ । कृषि उत्पादनमा आएको गिरावटले यो योगदानमै ठूलो असर पुग्न सक्ने अनुमान गरिएको छ । विदेशमा रहेका झण्डै ४० लाख नेपालीले पठाउने विप्रेषणमा कोरोनाको कहर लागेको छ ।
विदेशमा कामधन्दा ठप्प छ । जसका कारण कतिपय कम्पनीले कामदारको तलबमा कटौती गरिरहेको छ । कतिपय कामदार स्वदेश फर्केर बेरोजगार बसेका छन् । स्वदेशकै रोजगारीमा पनि लक डाउनले ताल्चा मारेको अवस्था छ । जसले नेपालको अर्धतन्त्रको मुख्य धरोहरमा धमिरा नै लगाउन पुगेको छ ।
सरकारले वित्तिय क्षेत्रमा तरलता सहज बनाउन र कर्जाको लागत घटाउन नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलगायत विद्यमान व्यवस्थामा पुनरावलोकन गरेको छ । पुनःकर्जा कोषलाई तत्काल रु ६० अर्ब बनाएर उक्त रकम कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाका कोरोना प्रभावित ऋणीले यही चैत मसान्तसम्ममा बुझाउनुपर्ने साँवा र ब्याज आगामी असार मसान्तसम्म समय कायम गर्ने निर्णय भएको छ ।
अत्यावश्यक औषधि, स्वास्थ्य उपकरण र खाद्यान्नलगायत दैनिक आवश्यकीय वस्तुको पैठारी टिटीमार्फत गर्दा हाल कायम रहेको ३० हजार डलरको सीमालाई रु एक लाख पु¥याइएको छ । विभिन्न सेवामुलक र व्यवसाय्कि क्षेत्रमा सरकारले छुटको घोषणा गरेको छ । तर व्यवसाय नचलेको अबस्थामा कसरी छुट दिने र तलब दिने भन्नेमा व्यवसायीहरु अन्यौलमा छन् । पर्यटन व्यवसाय बन्द भए पनि मजदुरलाई तलब दिनैपर्ने बाँध्यता सरकराले बनाएको छ । यस्तै अन्य व्यावसायमा पनि मजदुरको समस्या स्वयं व्यवसायीले नै जिम्मा लिन्ुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ चैत्र २०७६, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै