काठमाडौं । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मा आज मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ६ प १८३० नं को मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कटुवालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बिनोद शर्माले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक राजविराज नगरपालिका–६ का ४० वर्षीय विष्णुदेव यादव घाइते भएका छन् । घाइते यादवको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १५ चैत्र २०७६, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते
ट्रकले ठक्कर दिँदा मोटरसाइकको पछाडि बस्नेको मृत्यु, चालक घाइते
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सिन्धुलीमा गाडी दुर्घटना, ९ जना घाइते
मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु