को हो कोरोनाको पहिलो बिरामी

सफल खबर संवाददाता

शुक्रबार, १४ चैत्र २०७६, १५ : ५०
को हो कोरोनाको पहिलो बिरामी

काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ५ लाखभन्दा बढीमा भएको छ । २४ हजारभन्दा बढीले यसैका कारण ज्यान गुमाएका छन् । दशौं करोड अहिले संक्रमण फैलनसक्ने त्रासमा घरभित्रै ‘आइशोलेसन’ मा बसिरहेका छन् । वैज्ञानिकहरु कोरोनाबाट बच्ने भ्याक्सिन निर्माणमा दिनरात जुटिरहेका छन् ।

चीनको उहानमा देखिएको थियो भन्ने धेरैलाई थाहा छ । तर पहिलो को ? स्पष्ट जवाफ छैन । 
भर्खरै मात्र चिनियाँ सञ्चारमाध्यम ‘द पेपर’सँगको कुराकानीमा उहानमा स्रिम्प (समून्द्री प्रजाती) बेच्ने एक महिलाले ११ डिसेम्बरमै आफु बिरामी परेको बताएकी छिन्  । उनको नाम ‘वि’ हो र उनी उहानस्थित खाद्य बजारबाट ५ सय मिटर पर भाडाको फ्ल्याटमा बस्छिन् ।

 सुरुमा उनले यसलाई सिजनल फ्लु सोचेकी थिइन्, उनी एउटा सानो र भीडयुक्त क्लिनिकमा जचाउँन पनि गएकी थिइन् । उनलाई त्यहाँ इन्जेक्सन दिइएको थियो, तर ज्वरो ठिक भएन ।
द पेपरले विको पूर्ण पहिचान सार्वजनिक गरेको छैन । तर अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नलका  उनी ५७ वर्षकी भइन् र उनको पूरा नाम वि गायसियन हो । 
विल ठिक भइसकेकी छिन् ।