काठमाडौं । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपछि २ दिनदेखि लुक्लामा १४ जना फ्रान्सेली पर्यटक अलपत्र परेपछि यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले उनीहरुको उद्दारको लागि आज जहाज पठाएको छ ।
काठमाडौं स्थित फ्रान्सेली दूतावासले आफ्ना नागरिकहरुको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्दार गर्न नीजि वायुसेवा कम्पनी तारा एअर तयार भएको हो । तारा एअरको १८ सिट क्षमता भएको ट्वीन ओटर विमान त्रिभुवन विमानस्थलबाट १ बजे लुक्लातर्फ प्रस्थान गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०७६, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै