काठमाडौं । कोरोना भाइरसको त्रास बढेसंगै रोकथाममा सबै एकजुट हुन थालेका छन् । सरकारले कोभिड १९ को संक्रमण भित्रन नदिन विभिन्न कामहरुलाई अगाडी बढाएको छ ।
सरकारले आग्रह गरेबमोजिम सबैले यो रोगको महामारी भित्रन नदिन आ–आफ्नो तर्फबाट हातेमालो गर्दै सतर्कताका विभिन्न उपाय अपनाउन थालेका छन् । रोग भित्रिएपछि के गर्ने भन्नेमा सबै सर्तक बन्न थालेका छन् । यसैबिच साना तथा मझौला होटल व्यवसायीहरुले सरकारलाई आवश्यक परे आफ्नो होटलका कोठाहरुलाई क्वारेन्टाइन बनाउन दिने प्रतिवद्धता जनाएका छन् ।
होटल व्यवसायी महासंघको अगुवाईमा शनिबार भएको बैठकले कोरोना भासइस (कोभिड १९) को नियन्त्रणका लागि आवश्यक परे उपत्यकामा रहेका होटलहरु क्वारेन्टाइन बनाउन दिने निर्णय गरेको हो ।उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।
सरकारले स्वास्थ्यकर्मी र सुरक्षाको विशेष प्रवन्ध मिलाए हामी निःशुल्क आफ्ना होटलहरु क्वारेन्टाइन बनाउन दिन तयार छौं’ महासंघले भनेको छ । उनकाअनुसार काठमाडौंका होटलहरुमा मात्र ३० हजार कोठा उपलब्ध हुनेछ । ठूला होटलहरुको छाता संगठन होटल संघ नेपालले भने यस्तो निर्णय गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ चैत्र २०७६, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै