काठमाडौँ । ठूलो आवाज गरि मोटरसाइकल चलाउँदै शहरमा कोलाहल मच्चाउदै हुनुहन्छ भने अब होसियार हुनुहोस ! किनभने त्यस्तो कोलाहल मच्चाउने अब सिधै ट्राफिक प्रहरीको कडा फन्दामा पर्ने भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेरमोटरसाईकल चलाउने चालकलाई भटाभट कारबाही गर्न थालेको छ ।ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार ठूला आवाज निकाल्ने मोटरसाइकलहरुमा होण्डा डर्ट, हार्डफोर्ड भीआर, डुकाटी, क्रसफायर, बुलेट, बेनेली, आरएक्स लगायतका बाइकहरु पर्दछन् । यसरी गलत तरिका अपनाएर
चलाइएका मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निगरानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाईकलहरू कतै गुदिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराईदिनुहुन सम्पूर्ण सर्बसाधरणहरूमा महाशाखाले भनेको छ ।
महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएको भन्दै कारवाही सुरु गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्बसाधारणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने भएकाले रोक लगाउन लागिएको जानकारी दिए ।
जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र मात्र नभई देशैभर सञ्चालनमा ट्राफिक प्रहरीले कडाइ गरेको ढकालले बताए । ठूलो आवाजका कारण ध्वनी प्रदुषण तथा दुर्घटना जस्ता समस्या आम सर्वसाधारणले व्यहोर्नुपरेकाले ती मोटरसाइकलहरुलाई कडाइ गर्नुपरेको महाशाखाको भनाई छ ।
मोटरसाइकलहरुबाट निस्कने ध्वनीका कारण कतिपय अपाङ्ग, असशक्त तथा बिरामीहरु तर्सिने गरेका छन् । ती बाइकहरु तिव्र गतिमा कुदाइने र त्यसमा ठुलो आवाज हुने भएकाले मुटुका बिरामी तथा कमजोर मुटु भएका मानिसहरु बेहोस समेत हुने गरेको पाइएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठअनुसार फाल्गुन महिनामा मात्र १८५ वटा मोटरसाइकल कारबाही गरिसकेको छ । त्यसरी समातिएका मोटरसाइकलहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवाना स्वरुप १ हजार देखि १५ हजार रुपैयाँ सम्म जरिवाना गराईएको छ ।
समातिएका मोटरसाइकलहरु मध्ये कम्पनीबाटै ठूलो आवाज आउने मोटरसाइकलहरुलाई चलाउन रोक लगाएको छ । त्यसैगरी मोडिफाइ गरेर ठूलो आवाज आउने बनाइएका मोटरसाइकलहरुलाई भने पुरानै स्वरुपमा परिवर्तन गर्न लगाएर मात्र छाड्ने महाशाखाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ चैत्र २०७६, २० : २१
लेखकबाट थप