काठमाडौं । महिला अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आज आत्मसमर्पण गरेका छन् ।
उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको बेला उनले आत्मसमर्पण गरेका हुन् । अभियुक्त गिरीले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका हुन् ।
अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए । यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।
बलात्कार गरेको मुद्दा खेपिरहेका ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक थिए ।
प्रतिक्रिया दिनुहोस