काठमाडौं । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परागत रुपमा घरमै पु¥याउने गरेको ‘काँचो दूध’ खरिद गर्न मन पराउछन् । “घरमै ल्याई दिन्छन्, प्याकेटको दूधभन्दा बाक्लो हुन्छ र मूल्य पनि डेरी दूधभन्दा सस्तो हुने भएकाले काँचो दूध नै खरिद गरिहेका छौँ”, नेपालगञ्ज—१३ शान्तिनगरका सपना चापागाईँको भनाइ छ ।
तथ्याङ्कअनुसार, बाँकेमा साना, ठूला गरी डेरी उद्योगको सङ्ख्या ४५ छ । यी उद्योगबाट दैनिक २० हजार लिटरभन्दा बढी दूध प्रशोधन भई बजारमा पुग्ने गरेको छ । तथापि, उत्पादनको तुलनामा बिक्री नहुने गरेको गुनासो यसका उद्योगीहरुको रहेको छ । “दूधका आम उपभोक्तालाई प्रशोधित दूधको महत्व र काँचो दूधले पु¥याउने हानीबारे सचेतना जगाउन सकिएन भने डेरी उद्योग उभो लाग्न सक्दैन”, जिल्ला दुग्ध व्यवसायी सङ्घका अध्यक्ष बदरुद्दिन अन्सारीको भनाइ छ ।
डेरी उद्योग बाँकेमा बढ्दै गए पनि यसका व्यवसायीहरु भने त्यति सन्तुष्ट हुन सकेका छैनन् । नेपालगञ्जमा उपभोक्ताले खुलारुपमा बिक्री हुने काँचो दूध मन पराउने हुँदा डेरीबाट उत्पादित दूधको माग बढ्न सकेको छैन । डेरीको प्याकेजिङ गरेको दूध प्रयोग गर्नका लागि स्थानीय तहले सचेतना जगाउनुपर्ने सङ्घका अध्यक्ष अन्सारीको सुझाव छ ।
बाँकेको नेपालगञ्ज, खजुरा कोहलपुरलगायतका ठूला बजारमा खुल्ला दुग्ध बिक्री गर्नेहरुको वर्चस्व रहेको छ । दैनिक सयौँको सङ्ख्यामा खुल्ला दूध बिक्री गर्ने किसान, बिचौलिया, दुग्ध व्यवसायीहरु देखिन्छन् । यसतर्पm भने कसैको ध्यान जान सकेको छैन । सरकारी निकायले खुल्ला दूध बिक्रीको रोकथामका लागि ठोस पाइला चाल्नुपर्ने उपभोक्त हित संरक्षण मञ्च बाँकेका सचिव प्रभात ठकुरीले बताउनुभयो ।
यो जिल्ला दूधमा आत्मनिर्भर छ । यहाँ दैनिक २० देखि २५ हजार लिटर दूध खपत् हुने गरको छ । बजारमा अहिले २० रुपैयाँदेखि ८० रुपैयाँसम्म प्रतिलिटर खुल्ला दूध बिक्री भइरहेको छ । दुग्ध डेरी व्यवसायीले भने ७० रुपैयाँ प्रतिलिटरमा बिक्री गरिरहेका छन् । दूधको माग बढ्दै गए पनि गुणस्तरमा भने सरोकारवाला निकाय मौन देखिन्छ । उपभोक्ताले निर्धक्क भएर दूध खानुपर्ने अवस्था छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरीक्षक नेत्र बोगटीका अनुसार बजारमा खुलारुपमा बिक्री हुने दूधको नेपाल सरकारको मापदण्डअनुसारको गुणस्तर छैन ।
दूध खानु स्वास्थ्यका लागि लाभकारी हुन्छ । स्वस्थ र स्वच्छ दूध पिउनका लागि ‘गोठदेखि ओठसम्म’ को सरसफाइ हुनुपर्छ । दूध डेरीमा ‘पास्चराइजेशन’ गरेको प्याकेटको दूध खानु आवश्यक हुन्छ । यो कुरा आमउपभोक्तालाई बुझाउन ढिला गर्नु हुँदैन ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ फागुन २०७६, २१ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
दूध बेचेरै महिनामा डेढ लाख बचत
दूध बेचेर वार्षिक २० लाख कमाइ
चितवनका दुई पालिकामा दूध ‘जोन’
दूध उत्पादक किसानलाई अनुदान