काठमाडौं । तोकिएको समयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगरेको आरोप सहित ७ बुदें माग राख्दै समाजवादी विद्यार्थी युनियनको त्रिवि समितिले उपकुलपति कार्यालयमा तालाबन्दी गरेको छ।
परिक्षा नियन्त्रण कार्यालयलाई अनलाइन प्रणालीमा लैजानुपर्ने, त्रिविको आवास गृहमा लापरबाही रोक्नुपर्ने, त्रिवि परिसरमा बनाइएको छाप्रा टहरा र पशुपालन हटाई शैक्षिक बाताबरण बनाउनुपर्ने, त्रिविको शैक्षिक क्यालेन्डरलाई कडाईका साथ लागु गर्नुपर्ने, अदालतमा मुद्दा चलिरहेको प्राध्यापकलाई जिम्मेवारी मुक्त गर्नुपर्ने, प्राध्यापकले एकैदिन हप्तौंसम्मको हाँजिर गर्ने बेतिथी रोक्नुपर्ने, प्राध्यापकहरु फुलटाइम त्रिविमा अध्यापनमा लाग्नुपर्ने लगायतको माग राख्दै युनियनको त्रिवि समितिले आज उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०७६, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वविद्यालयमा बन्द, हडताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री भट्टराई
एनआइसि एसिया बैंकको पथरी शाखामा तालाबन्दी
दुधको अनुदान रोकिएको भन्दै किसानले गरे निर्देशनालयमा तालाबन्दी