शंकरदेव क्याम्पसमा ३ विद्यार्थी संगठनको तालाबन्दी

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०८१, १२ : ४०
शंकरदेव क्याम्पसमा ३ विद्यार्थी संगठनको तालाबन्दी

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मुखमा शंकरदेव क्याम्पसमा तीन वटा विद्यार्थी गठनले तालाबन्दी गरेका छन् । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनको प्रक्रिया सुरु भएसँगै फागुन २७ गतेदेखि तालाबन्दी गरिएको हो ।

त्यसरी तालाबन्दी गर्नेमा नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी रहेका छन् ।उनीहरूले स्ववियु कोषको दुरुपयोग गरी विद्यार्थी भर्ना गरिएको भन्दै उनीहरूले निर्वाचन प्रक्रिया सुरु भएसँगै तालाबन्दी गरेका हुन् ।

शंकरदेव क्याम्पसमा स्ववियु अध्यक्ष सुशान्त बस्नेतले स्ववियुको कोष दुरुपयोगगरी विद्यार्थी भर्ना गरेको उनीहरूको आरोप छ । अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले ४०० फर्जी विद्यार्थी भर्ना गरेको देखिएपनि अनौपचारिक रूपमा हेर्दा एक हजार १३२ जना फर्जी विद्यार्थी देखिएको बताए ।

स्ववियुले गरिव, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको  कोषबाट स्ववियु सभापति बस्नेतले चार सय भन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप लगाएका हुन् । उनीहरूले स्ववियु अध्यक्ष नै फर्जी विद्यार्थी भर्ना गर्ने काममा लागेको भन्दै त्यसको छानविन नहुँदासम्म तालाबन्दी नखुल्ने अनेरास्ववियुले जनाएको छ । फर्जी विद्यार्थीको भर्ना खारेज गर्नुपर्ने उनीहरूको माथ छ । 

तीन वटा संगठनबाट तालाबन्दी गरिएपछि फागुन २८ गते निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित भएको सूचना जारी गरेको थियो । स्ववियु निर्वाचन अधिकृत ध्रुव सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकोले अर्को सूचना नआएसम्म स्ववियु चुनाव स्थगित भएको सूचना निकालेका थिए । 

स्ववियु अध्यक्ष बस्नेतले भने कोषको रकम दुरुपयोग नगरी गरिब, जेहेनदार, पिछडिएका क्षेत्रका विद्यार्थीलाई भर्ना गरिदिएको बताए । ‘अन्य स्ववियुले कोषको पैसा कार्यक्रम गरेर सक्छन् ।

मैले आर्थिक रूपमा विपन्न भएर भर्ना समेत गर्न समेत नपाएका विद्यार्थीलाई भर्ना गरिदिए । कोषको पैसा मैले झन् विद्यार्थीको कल्याणकै लागि खर्च गरेको हुँ,’ अध्यक्ष बस्नेतले भने । अध्यक्ष बस्नेतले भने २ देखि ३०० को हाराहारीमा मात्रै कोषको पैसाबाट विद्यार्थी भर्ना गरिएको बताए । 

 

shankardev talabandi photo (2)shankardev talabandi photo (3)

प्रतिक्रिया दिनुहोस