सल्यानमा घाँटी रेटर युवतीको हत्या भएको तीन दिन भइसक्दा पनि पत्ता लागेन हत्यारा

सफल खबर संवाददाता

आइतबार, ०४ फागुन २०७६, ११ : २०
सल्यानमा घाँटी रेटर युवतीको हत्या भएको तीन दिन भइसक्दा पनि पत्ता लागेन हत्यारा

काठमाडौँ । सल्यानको त्रिवेणी गाउँपपालिका–१ तल्लो काभ्रामा १७ वर्षीया कविता बोहराको घाँटी रेटेर हत्या भएको तीन दिन भइसक्दा पनि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।

सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले कविताको घाँटीको श्वासनली काटेर हत्या गरेको अवस्थामा शव फेला परेको जानकारी दिए । शव घरभन्दा करिब १०-१५ मिटर टाढा गाईवस्तु सार्ने ठाउँमा फेला परेको थियो ।

‘शुक्रबार राति ९ बजेसम्म कोठामा एक्लै पढिरहेकी कविता घरका अन्य सदस्य सुतेपछि बाहिर निस्केको हुनसक्ने र त्यही बेला उनको घाँटी रेटर हत्या भएको हुनसक्छ,’ डीएसपी खतिवडाको भनाइ छ । 

खतिवडाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । तर प्रहरीले आइतबार बिहानसम्म कसैलाई नियन्त्रणमा लिएको छैन । डिएसपी खतिवडाले भने, ‘अनुसन्धान जारी छ, ३-४ दिनमै रिजल्ट आउँछ ।’
 

प्रतिक्रिया दिनुहोस