काठमाडौं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–९ बलघासमा ट्याक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ । बडिगाड बलघासको बडिगाड खोलाबाट गैरीगाउँतर्फ ढुङ लिएर गएको ध १ त ३७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय सहचालक आश्विन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
उकालो सडकमा ट्याक्टर रोकी वेट राख्ने क्रममा ट्याक्टर अचानक गुडेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय भिमगिठेका प्रहरी सहायक निरीक्षक धर्मराज खनालले जानकारी दिनुभयो । खनालका अनुसार ट्याक्टर चालक सन्तोष परियारलाई भिमगिठे बजारबाट नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २० माघ २०७६, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते