कोठा नम्बर ११४ : यसरी गरे बङ्गालीले आफ्नै साथीको हत्या

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, ०८ : ३०
कोठा नम्बर ११४ : यसरी गरे बङ्गालीले आफ्नै साथीको हत्या

काठमाडौँ । उनीहरु बंगलादेशबाट एउटै प्लेनको सँगैको सिटमा बसेर आएका थिए । काठमाडौस्थित एक होटलमा पनि सँगै बसेका हुन् । तर आफ्नै साथी नै हत्यारा बन्छ भन्ने कुरा के थाहा ।

त्यही नसोचेको घटना हुँदा आफ्नै साथीको बोतल प्रहारबाट एक बंगालीको मृत्यु भएको छ । घटना काठमाडौँको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ को हो । 

महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार सँगै आएका दुला मियाले मोहिद्दिन अहमदको हत्या गरेका हुन् । प्रहरीमा ढिला सूचना प्राप्त हुँदा हत्या गर्ने व्यक्ति भने नाका पार गरेर फरार भएका छन् । अहमद सन् २०१५ देखि नेपाल आउजाउ गर्थे । उनी विभिन्न होटलको क्यासिनोमा जान्थे ।

यसपाली उनीहरु यही जनवरी २० मा पछिल्लो पटक नेपाल आएका थिए । हिमालय एयरलाईन्सको सिट १० को वि र सीमा बसेर उनीहरु आएक थिए ।  एउटै कोठाको एउटै बेडमा बसेका व्यक्तिले भोलिपल्ट जनवरी २१ मा टाउकोमा बोतलले हानेर हत्या गरेको देखिएको प्रहरीको भनाई छ । मारेर फरार भएपछि जनवरी २२ तारिख साँझ सवा ४ बजे मात्रै प्रहरीलाई जानकारी आएको थियो ।

त्यो बेला अपराधी भारत फरार भइसकेका थियो । प्रारम्भीक अनुसन्धानमा उसलाई कसैले मार्न लगाएको देखिएको जनाइएको छ । उनीहरुका आफन्तले पनि सोही आशंका गरेका छन् । उनी क्यासिनोका नियमित ग्राहक हुन् ।

होटलमा दैनिक १५ सयमा भाडामा बसेका उनको ट्राभल एजेन्सी भएको खुल्न आएको छ । प्रहरीले घटना थाहा पाउँदा मिया भने रक्सौल हुँदै फरार भएको पाइएको प्रहरी अनुसन्धानमा खेलेको छ ।

हत्या पछि मृतकलाई खाटमा सिरक ओढाएर सुतिरहेको जस्तो बनाएर शव राखिएको अवस्थामा फेला परेको थियो । अहिले परिवारले भने शव लिएर फर्किसकेका छन् । नेपाल प्रहरीले घटनाको अनुसन्धान गरिसकेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस