चितवनको माडीमा ५५ वर्षिया महिला माथि सामुहिक बलात्कार

सफल खबर संवाददाता

बुधबार, १५ माघ २०७६, २२ : ११
चितवनको माडीमा ५५ वर्षिया महिला माथि सामुहिक बलात्कार

चितवन ।  माडी नगरपालिकामा एक महिलामाथी सामुहिक बलात्कार भएको छ । माडी नगरपालिका २ निवासी ५५ वर्षीया महिलामाथी स्थानिय केहि युवाहरुको समुहले सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

बुधबार राति करिव ९ बजे तिर उक्त महिलालाई स्थानिय खोलाछेउमा लगी युवाहरुले सामुहिक बलात्कार गरेको प्रहरीको भनाई छ । घट्नामा संलग्न ति युवाहरुलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

घट्नाबारे पुष्टि हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनको प्रवक्ता एक नारायण कोइरालाले बताए । उनले भने ‘महिलासँग जोडिएको सेन्सेटिभ केस हो, अनुसन्धान भईरहेको छ, घटनाबारे विवरण अहिले सम्म आईपुगेको छैन् ।’

प्रतिक्रिया दिनुहोस