पाकिस्तानमा विदेशी महिलामाथि पाँच दिनसम्म सामूहिक बलात्कार

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०८१, १० : ४५
पाकिस्तानमा विदेशी महिलामाथि पाँच दिनसम्म सामूहिक बलात्कार

काठमाडौं। पाकिस्तानमा २८ वर्षीया विदेशी युवतीमाथि सामूहिक बलात्कारको घटना बाहिर आएको छ । इस्लामाबादमा बेल्जियमकी महिलालाई लगातार पाँच दिनसम्म बलात्कार गरेको आरोप छ । 

अगस्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवसमा एक महिला सडकमा घाइते अवस्थामा भेटिएकी थिइन् । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार महिलालाई बलात्कार गरेपछि इस्लामावादको जी-६ सेक्टरमा फ्याँकिएको थियो। स्थानीयले पीडित देखेर प्रहरीलाई उजुरी गरेका थिए।

घटनास्थलमा प्रहरी टोलीले महिलाको उद्धार गरेको थियो । उनलाई उपचारका लागि पोलिक्लिनिक अस्पतालमा भर्ना गरिएको थियो । सोधपुछका क्रममा ती महिलाले केही व्यक्तिले आफूलाई बन्धक बनाएर पाँच दिनसम्म बलात्कार गरेको प्रहरीलाई बताइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाको दाबी पुष्टि भएको छ । 

घटनामा संलग्न एक अभियुक्त पक्राउ परेका छन् । प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो ।केही समयअघि पाकिस्तानमा एक हिन्दू महिलालाई इस्लाम धर्म स्वीकार नगरेको भन्दै बलात्कार गरेको समाचार बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस