बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका–४ सुइलिहवामा २ वटा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । भैरहवा–भूमही सडकमा दुई ट्रक एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब साढे ५ बजेतिर भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवातर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा नवलपरासीको पाल्ही नन्दन गाउँपालिका–४ का ३४ वर्षीय लालु कुर्मी र भविन कार्की तथा ठेगाना नखुलेका पूर्णबहादुर भुजेल मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरको भैरहवा मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ माघ २०७६, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते
ट्रकले ठक्कर दिँदा मोटरसाइकको पछाडि बस्नेको मृत्यु, चालक घाइते
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सिन्धुलीमा गाडी दुर्घटना, ९ जना घाइते
मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु