किन राखिँदैछ हजारको नोटमा दुई वटा हात्ती ? अरु नोटमा केके फेरिए ?

सफल खबर संवाददाता

सोमबार, १३ माघ २०७६, १४ : ०९
किन राखिँदैछ हजारको नोटमा दुई वटा हात्ती ? अरु नोटमा केके फेरिए ?

काठमाडौँ । अब एक हजारको नोटमा दुई वटा हात्तीको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटको पछाडि एउटा हात्तीको मात्र चित्र छ । 

अहिलेको हजारको नोटमा रहेको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै हात्ती राख्ने निर्णय गरेको हो । 

बैंकको डिजाइन कमिटीका सुन्दर श्रेष्ठका अनुसार नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय भएको छ । जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट ४ महिनाभित्र छापिएर आउने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बताए ।

राष्ट्रिय प्रकृति संरक्षण विभाग, वन्यजन्तु तथा संरक्षण विभागले उपलब्ध गराएको चित्रलाई आधार बनाएर नोटको डिजाइन भएको र नोट छपाईमा पनि गइसकेको छ ।

६ र ७ वर्षदेखि नोटमा जनावरहरु फेरिएका छन् । पाँचको नोटमा दुईवटा याक समावेश थिए । अहिले एउटा मात्र याक छ । पाँच सयको नोटमा दुईवटा बाघ थिए, अहिले चितवन राष्ट्रिय निकुञ्जको एउटामात्र बाघ राखिएको छ । सयको नोटमा पहिले एउटा गैंडाको तस्बिर भएकोमा अहिले यसमा माउ र बच्चा गैंडाको चित्र छ । 
 

प्रतिक्रिया दिनुहोस