एजेन्सी । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार शुक्रबार स्थानीय समयअनुसार ८ः८८ मा टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्प गएको हो ।
भूकम्पका कारण भवन भत्किँदा मानिस सडकमा आएका छन् । भूकम्पको धक्का छिमेकी सिरिया, लेबलान र इरानमा पनि महसुस गरिएको थियो ।
टर्कीको विपद् तथा आपतकालिन व्यवस्थापन प्राधिकरणका अनुसार ६० पराकम्पहरु मापन गरिएका छन् । उद्दारमा ४०० उद्दार टोली खटाइएका छन् । टर्कीको पश्चिम सहर जमितमा सन् १९९९ गएको भूकम्पमा १७ हजार मानिसको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ११ माघ २०७६, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारपाकीले बिर्सन नसकेका भूकम्प
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
रुकुम पूर्वमा भूकम्पको धक्का
वैशाख १२ को भूकम्प: आज स्मृति दिवस
वैशाख १२ को भूकम्प: बारपाकमा भोलि सार्वजनिक बिदा
विनाशकारी भूकम्पको संघारमा भारत