काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार भएको मतदानमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् ।
अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन् । अच्छामीले ६ हजार ३ सय ३० मतभार पाए । उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाए ।
महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ माघ २०७६, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा अध्यक्ष उम्मेदवारको अन्तिम नामवली प्रकाशित
कोशीमा कांग्रेसका सिटौला निर्वाचित
गण्डकीबाट कांग्रेसका किरण विजयी
कोशीमा एमाले उम्मेदवार कोइराला निर्वाचित
मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित
राष्ट्रियसभा निर्वाचन : बागमतीमा मतगणना सुरु