धादिङ । धादिङमा फुबल खेलाडी र रेफ्रीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का युवा २५ वर्षीय सन्तबहादुर तामाङ छन् । तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।
घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन् । मंगलबार राती साढे ७ बजेतिर घटना भएको प्रहरीले जानकारी दिएको छ । अबेरसम्म रहेका युवाको समूहबीच झडप भएको थियो । झडपमा रड, फलाम लगायतका वस्तु प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दार्खामा गुराँस युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसक्रममा रेफ्रीसँग झगडा हुँदा कुटाकुट भएको थियो । यद्यपि, विवादको कारण यो मात्र नभएको प्रहरी आशंका छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा रेफ्री रोशन तामाङ र उनका भाइ रामलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ माघ २०७६, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु
झापामा जंगली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४ जनाको मृत्यु
नदीमा पौडी खेल्दा डुबेर २ युवकको मृत्यु
पानी ट्यांकीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु
मकवानपुरमा बस र म्याजिक ठोकिँदा एक चालकको मृत्यु, अर्का पक्राउ